Skip to content

अस्वीकरण

यो [नेपाली]] संस्करणमा नवप्रवर्तन, प्रविधि र उद्योग ब्यूरो (ITIB) ले मात्र चयनित उपयोगी जानकारी समावेश गरेको छ। तपाईँ हाम्रो वेबसाइटको पूर्ण सामग्रीलाई अंग्रेजी, परम्परागत चिनियाँ वा सरलीकृत चिनियाँमा हेर्न सक्नुहुन्छ।

स्वागत सन्देश

नवप्रवधन, प्रविधि र उद्योग ब्यूरो (“ITIB”). को वेबसाइटमा स्वागत छ। हङकङलाई अन्तर्राष्ट्रिय नवीनता र प्रविधि केन्द्रको रूपमा विकास गर्न प्रतिबद्ध, आईटीआईबीले सरकार, उद्योग, शैक्षिक क्षेत्र र अनुसन्धान क्षेत्रको लागि उत्कृष्ट सफ्टवेयर र हार्डवेयर समर्थनका साथ जीवंत नवीनता र प्रविधि (“I&T”) पारिस्थितिकी तंत्र सिर्जना गर्न नीतिहरू निर्माण गर्दछ।

ITIB मानिसहरूको दैनिक जीवनमा सुधार गर्न I&T प्रविधि को प्रयोगको प्रवर्द्धन, स्मार्ट सिटी र डिजिटल अर्थतन्त्रको विकासको लागि समन्वय गर्ने ब्यूरो हो। ITIB ले नवीनता र प्रविधि प्रतिभाहरूको पोषण गर्नको लागि समर्थन बढाउँछ र नयाँ औद्योगिकीकरण र उन्नत निर्माण उद्योगको विकासलाई प्रवर्द्धन गर्छ। यसका साथै, विश्वस्तरीय विज्ञान र अनुसन्धान संस्थाहरूसँग अनुसन्धान र विकास (R&D )सहयोगलाई सहज बनाउने मात्र नभई, ITIB ले निजी क्षेत्रलाई R&D मा सहभागिता जनाउन, R&D को नतिजालाई व्यापारिकरण गर्न प्रोत्साहित गर्छ र प्रविधि स्टार्ट-अप्सलाई समर्थन गर्ने उपायहरूको पनि प्रवर्द्धन गर्छ।

सुरु देखि नै, हाम्रो देशले आफ्नो समग्र विकासको केन्द्रमा नवीनता र प्रविधि (I&T) लाई राखेको छ र 2021 मा जारी गरिएको "जनवादी गणतन्त्र चीनको राष्ट्रिय आर्थिक र सामाजिक विकासको 14औं पञ्चवर्षीय योजना र वर्ष 2035 सम्मको दीर्घकालीन लक्ष्य" (*केवल चिनियाँ भाषामा) मा हङकङ अन्तर्राष्ट्रिय I&T केन्द्रको रूपमा महत्त्वपूर्ण स्थान रहि आएको छ।

हाम्रो देशले I&T विकासमा हाम्रो लागि बलियो समर्थन र सहयोग प्रदान गरेको छ। केन्द्र सरकारका सम्बन्धित मन्त्रालयहरूको दृढ समर्थनका साथ, हङकङमा समग्र I&T पारिस्थितिकी तंत्र अझै जीवन्त बन्दै गएको छ। सरकारले विभिन्न मुख्य भूमि प्रान्त र नगरपालिकाहरूसँग I&T सहयोगलाई अझ बढाउँदै जानेछ, जसले एक-अर्काको बललाई पूरक बनाउनेछ। हङकङले राष्ट्रिय विकासमा आफूलाई राम्रोसँग एकीकृत गर्नेछ र आत्मनिर्भरता र आत्म-सुधारलाई साकार पार्न र विज्ञान र प्रविधिमा एक बलियो राष्ट्र निर्माण गर्ने देशको दृष्टिलाई योगदान दिनेछ।

मुख्य भूमि संगको I&T सहयोगको बारेमा थप जानकारीको लागि, कृपया नवप्रवतन र प्रविधि आयोगको वेबसाइट भ्रमण गर्नुहोस्*।

2022 मा, सरकारले हङकङको I&T विकासको लागि स्पष्ट विकास मार्ग स्थापना गर्न र आगामी पाँचदेखि दस वर्षभित्र हङकङलाई अन्तर्राष्ट्रिय I&T केन्द्रको दृष्टिकोणतर्फ पूर्ण रूपमा अघि बढाउने उद्देश्यले हङकङ इनोभेशन एण्ड टेक्नोलोजी डेभलपमेन्ट ब्लुप्रिन्ट (“ब्लुप्रिन्ट”) को घोषणा गर्‍यो।

सरकारले उच्च-स्तरीय योजना र डिजाइनको दृष्टिकोणबाट ब्लुप्रिन्ट तयार पारेको छ, र यसलाई चारवटा फराकिला विकास दिशाहरू अन्तर्गत अघि बढाउनेछ, जस्तै “हङकङमा I&T इकोसिस्टमलाई सुधार गर्ने र “नयाँ औद्योगिकीकरण” को प्रवर्द्धन गर्ने”; “I&T प्रतिभा पूललाई विस्तार गरेर यसको वृद्धि को लागि बलियो प्रेरणा सिर्जना गर्ने”; “डिजिटल अर्थतन्त्रको विकासलाई प्रवर्द्धन गर्ने र हङकङलाई स्मार्ट सिटीमा विकास गर्ने”; र “देशको समग्र विकासमा सक्रिय रूपमा समाहित हुने र मुख्य भूमि र विश्वलाई जोड्ने पुलको रूपमा हाम्रो भूमिका सुदृढ गर्ने”। ब्लुप्रिन्टले यी चारवटा फराकिला विकास दिशाहरू अन्तर्गत आठ प्रमुख रणनीतिहरूको रुपरेखा प्रस्तुत गर्दछ। थप जानकारीका लागि कृपया यहाँ क्लिक गर्नुहोस्*।

चारवटा विकास दिशाहरूको साथसाथै, ब्लुप्रिन्टले आठ प्रमुख रणनीतिहरू र 16 उद्देश्यहरूमा केन्द्रित 42 सिफारिसहरू प्रस्तुत गरेको छ। तीमध्ये, "डिजिटल अर्थतन्त्रको विकासलाई प्रवर्द्धन गर्ने र हङकङलाई स्मार्ट सिटीमा विकास गर्ने" भन्ने विकास दिशाअन्तर्गत, I&T ब्लुप्रिन्टले निम्न छ वटा सिफारिसहरू प्रस्तुत गरेको छ:

(i) सरकारी सेवाहरूको दक्षता बढाउन स्मार्ट सरकारको निर्माणलाई तीव्रता दिने;

(ii) स्थानिक डेटा अनुप्रयोगहरूलाई प्रवर्द्धन गर्ने;

(iii) नयाँ डिजिटल पूर्वाधारको विकासलाई तीव्रता दिने;

(iv) स्मार्ट जीवनको प्रवर्द्धन गर्न I&T को अनुप्रयोग विस्तार गर्ने;

(v) वित्तीय प्रविधिको विकासलाई तीव्रता दिने; र

(vi) सुरक्षित साइबर वातावरण निर्माण गर्ने।

स्मार्ट सिटी पोर्टल (कृपया यहाँ क्लिक गर्नुहोस्*) सरकार र जनसाधारणबीचको सञ्चारको पुलको रूपमा काम गर्दछ। हामी यी स्मार्ट सिटी पहलहरूको प्रगति नियमित रूपमा अद्यावधिक गर्नेछौं र वास्तविक समयमा सहरका डेटा ड्यासबोर्डहरू प्रदान गर्नेछौं। जनसाधारणले विभिन्न पहल र विषयमा आफ्नो विचार र सुझावहरू पनि पेश गर्न सक्छन्।

स्टार्ट-अप्स लाई समर्थन गर्नु पनि I&T उद्योग श्रृंखलाको निर्माणमा एक महत्वपूर्ण तत्व हो। सरकारले I&T स्टार्ट-अप्सलाई समर्थन गर्न प्रतिबद्ध छ, तिनीहरूलाई भेन्चर क्यापिटल र वित्तीय च्यानलहरूमा पहुँच प्रदान गर्दै, र हङकङमा व्यवसाय विकास गर्न विदेशी पेशेवर स्टार्ट-अप सेवा प्रदायकहरू जस्तै एक्सलरेटर र भेन्चर क्यापिटल फर्महरूलाई परिचय गराउँदै छ। हामी सरकारले, उद्योग, शैक्षिक, अनुसन्धान र लगानी क्षेत्रहरू बीचको प्रभावकारी सहकार्यलाई प्रवर्द्धन र मजबुत बनाउनका लागि उपायहरू मा विचार गर्नेछौं। यसले उद्यमहरूको लागि वित्तीय च्यानलहरूलाई थप समृद्ध गर्नेछ, उद्योग विकासलाई प्रवर्द्धन गर्नेछ, र स्वस्थ स्टार्ट-अप वातावरणलाई सजिलो बनाउनेछ। यसले नयाँ गुणस्तरीय उत्पादनशील बलहरूको विकासलाई तीव्र बनाउनेछ।

हङकङको स्टार्ट-अप पारिस्थितिकी तन्त्रको ताजा तथ्यांकको लागि, कृपया ईन्भेस्ट हङकङ को वेबसाइटमा जानुहोस्।

हङकङ साइन्स एण्ड टेक्नोलोजी पार्क्स कर्पोरेशन (“HKSTP”) र हङकङ साइबरपोर्ट म्यानेजमेन्ट कम्पनी लिमिटेड (“साइबरपोर्ट”) ले विभिन्न विकास चरणहरूमा रहेका प्रविधि उद्यमहरूलाई व्यापक समर्थन प्रदान गर्दै आएका छन्। पूर्व-इन्क्युबेसन समर्थन प्रविधि प्रतिभाहरुलाई दिइन्छ, जसमा सस्तो कार्यक्षेत्र र साझा सुविधाहरूमा पहुँच, सब्सिडी र कोष, प्राविधिक र व्यवस्थापकीय समर्थन, बजार र विकास समर्थन, साथै व्यवसाय विकास समर्थन समावेश छ, जुन तिनीहरूको ईनोभेटिभ विचारहरूलाई साकार बनाउन मद्दत पुर्याउँछ। कृपया यहाँ क्लिक गर्नुहोस्* विवरणहरूको लागि।

प्रतिभा विकासको प्राथमिक स्रोत हो र I&T विकासको लागि प्रेरक तत्व पनि हो। सरकारले I&T प्रतिभा तालिका विस्तार गर्न विभिन्न दृष्टिकोण अपनाएको छ, जसमा प्रतिभा बिकास गर्न, आकर्षित गर्न र अवलम्बन गर्ने समावेश छ। उदाहरणका लागि, विभिन्न चरणका विद्यार्थीहरूका लागि हामीले राम्रो I&T सिकाइ वा अध्ययन वातावरण सिर्जना गरेका छौँ, जसले थप नयाँ प्रतिभाहरूलाई I&T कार्यक्षेत्रमा सामेल गर्न मद्दत गर्छ। हामीले मुख्यभूमि र विदेशका प्रतिभाहरूलाई हङकङमा आफ्नो आकांक्षाहरू पूरा गर्न आकर्षित गर्न विभिन्न उपायहरू पनि लागू गरेका छौँ।

हालका वर्षहरूमा, सरकारले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (“STEM”) शिक्षालाई कक्षा भित्र र बाहिर प्रवर्धन गर्न प्रयास गरिरहेको छ। पाठ्यक्रमको बाहिर"माध्यमिक विद्यालयहरूमा IT नवप्रवर्तन प्रयोगशाला"कार्यक्रम र "IT को बारे अझ बढी जान्ने"कार्यक्रमले क्रमशः माध्यमिक र प्रारम्भिक विद्यालयहरूलाई सूचना प्रविधि (“IT”)सँग सम्बन्धित अतिरिक्त-पाठ्यक्रम गतिविधिहरू आयोजना गर्नको लागि वित्तीय सहयोग प्रदान गर्छ, जसले विद्यार्थीहरूको IT सम्बन्धी ज्ञान बढाउँछ। कृपया थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्*।

थप, “STEM ईन्टर्नसिप योजना” ले विश्वविद्यालयका विद्यार्थीहरूलाई I&T सम्बन्धी कार्य अनुभव प्राप्त गर्न र स्नातक पछि I&T उद्योगमा समर्पित हुने रुचि बढाउन प्रोत्साहित गर्छ। कृपया थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्*। साथै, "अनुसन्धान प्रतिभा केन्द्र"ले योग्य कम्पनीहरू वा संस्थाहरूलाई विश्वविद्यालयका स्नातकहरूलाई अनुसन्धान र विकास कार्य गर्न नियुक्त गर्नको लागि वित्तीय सहायता प्रदान गर्छ। कृपया थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्*।

हङकङको सामाजिक र आर्थिक अवस्थाहरू र यसका विशिष्ट शक्तिहरूलाई ध्यानमा राख्दै, "द ब्लु प्रिन्ट" ले हङकङमा "नयाँ गुणस्तरीय उत्पादन शक्तिहरू" विकास गर्ने योजना बनाएको छ, जसले हङकङका फाइदाहरूको साथ नयाँ वास्तविक अर्थतन्त्रको निर्माणलाई समर्थन गर्ने, "नयाँ औद्योगिकीकरण" साकार गर्ने र हङकङको उच्च गुणस्तरीय आर्थिक विकासमा नयाँ उत्प्रेरकहरूलाई प्रवाह गर्ने लक्ष्य राखेको छ।
नवगठित नयाँ औद्योगिकीकरण विकास कार्यालयले हङकङमा रणनीतिक उद्यमको विकासलाई समर्थन गर्न, परम्परागत उद्योगहरूलाई सुधार र रूपान्तरण गर्नका साथै हङकङको "नयाँ औद्योगिकीकरण" को विकासलाई सशक्त पार्न नयाँ स्टार्ट-अपहरूलाई व्यापक समर्थन प्रदान गर्न उद्योग-उन्मुख दृष्टिकोण अपनाएको छ।

सरकारले हङकङलाई अग्रणी डिजिटल र स्मार्ट सिटी बनाउने प्रतिबद्धता जनाएको छ। सूचना र साइबर सुरक्षा ई-सरकार, ई-व्यवसाय, ई-वाणिज्य, ई-लर्निङ आदि विकास गर्न आवश्यक द्रुत गतिलाई बडावा दिने महत्त्वपूर्ण स्तम्भहरू हुन्। सूचना सुरक्षा सम्बन्धी जनचेतना बढाउन र नैतिकतालाई प्रवर्द्धन गर्न, डिजिटल नीति कार्यालय (DPO) ले InfoSec वेबसाइट स्थापना गरेको छ, जसले जनताले विभिन्न सूचना सुरक्षा सम्बन्धी स्रोत र अद्यावधिक जानकारीहरूमा सजिलै पहुँच गर्न सक्छन्। सूचना सुरक्षा सल्लाहहरू विभिन्न प्रयोगकर्ता समूहहरूका लागि सजिलो सन्दर्भको लागि वर्गीकृत गरिएका छन्। थप जानकारीको लागि कृपया यहाँ क्लिक गर्नुहोस्*।

InfoSec वेबसाइटका अतिरिक्त, DPO ले साइबर सुरक्षा सूचना पोर्टल पनि स्थापना गरेको छ जसले कम्प्युटरहरू, मोबाइल उपकरणहरू, र वेबसाइटहरूको स्वास्थ्य जाँच गर्नका लागि जनतालाई दिशानिर्देश र साइबर सुरक्षा उपकरण जानकारी प्रदान गर्दछ। पोर्टलद्वारा प्रदान गरिएको जानकारीको साथ, जनताले साइबर संसारमा सम्भावित सुरक्षा जोखिमहरू र साइबर आक्रमणहरूबाट जोगिने सुरक्षा उपायहरूको बारेमा राम्रो समझ प्राप्त गर्न सक्छन्। थप जानकारीको लागि कृपया यहाँ क्लिक गर्नुहोस्*।

डिजिटल अर्थतन्त्र विकास समिति (DEDC), जसको अध्यक्षता वित्तीय सचिवले गर्नुहुन्छ, हङकङमा डिजिटल अर्थतन्त्रको विकासलाई अघि बढाउन रणनीतिहरू र उपायहरूमा सल्लाह दिन 2022 मा स्थापना गरिएको थियो। DEDC ले चार उप-समूहहरू स्थापना गर्‍यो जसले सीमा-पार डाटा सहयोग, डिजिटल पूर्वाधार, डिजिटल रूपान्तरण, र प्रतिभा विकासमा केन्द्रित छ। अनुसन्धान अध्ययन र सर्वेक्षणहरू सञ्चालन गर्दै, विशेषज्ञहरू र उद्योगका सरोकारवालाहरूसँग संलग्नता, साथै स्थल भ्रमणहरू मार्फत, DEDC ले डिजिटल अर्थतन्त्रको विभिन्न पक्षहरूमा जानकारी सङ्कलन गर्‍यो र विचार-विमर्श गर्‍यो। वर्तमान विकास र भविष्यका प्रवृत्तिहरूको विश्लेषणको आधारमा, DEDC ले 2024 को फेब्रुअरीमा आफ्नो उप-समूहहरूको अनुसन्धान र निष्कर्षहरू साथै सरकारलाई सिफारिसहरू प्रस्तुत गर्‍यो। थप जानकारीको लागि कृपया यहाँ क्लिक गर्नुहोस्*।

("ITF"), जुन नवप्रवतन र प्रविधि आयोग द्वारा व्यवस्थापन गरिन्छ, यसले आर्थिक गतिविधिहरूको मूल्य वृद्धि, उत्पादकत्व, र प्रतिस्पर्धात्मकता बढाउने उद्देश्य राख्छ। सरकारको आशा छ कि ITF मार्फत, हङकङका कम्पनीहरूलाई आफ्नो प्रविधिको स्तर उन्नति गर्न र आफ्नो व्यवसायमा नवीन विचारहरू प्रस्तुत गर्न प्रेरित र सहयोग गर्न सकिनेछ। विवरणहरूको लागि कृपया यहाँ क्लिक गर्नुहोस्*।

*सामग्रीहरू केवल अंग्रेजी, परम्परागत चिनियाँ र सरलीकृत चिनियाँ भाषामा मात्र उपलब्ध छन्।